मुलुकको अर्थतन्त्रमा नेपाल टेलिकमले गत आवमा २८ अर्ब बढी रकम योगदान गरेको छ।
कम्पनीले कर तथा गैह्रकर गरी कम्पनीले २८ अर्ब ४६ करोड रकम योगदान गरेको हो।
यस आ.व. मा उक्त योगदान झन् बढ्ने अपेक्षा गरिएको टेलिकमले जनाएको छ।
आर्थिक वर्ष २०७९/८० मा कम्पनीको कुल आय ४४ अर्ब ४२ करोड पुगेको छ भने कम्पनीको खुद मुनाफा ७ अर्ब ९२ करोड भएको छ।
चालू आ.व.को पुस मसान्तसम्म कम्पनीले करिब २० अर्ब ५३ करोड राजस्व प्राप्त गरेको छ।
39
Shares
प्रतिक्रिया