तेल कम्पनी बीपीको नाफा घटेको छ। अघिल्लो वर्ष २७ अर्ब ७० करोड डलर कमाएको कम्पनीले २०२३ मा १३ अर्ब ८० करोड अमेरिकी डलर कमाएको हो।
रुसले युक्रेनमा आक्रमण गरेपछि आपूर्तिको डरसँगै तेल र ग्यासको मूल्य बढ्दा अघिल्लो वर्ष कम्पनीहरुले व्यापक नाफा गरेका थिए।
यसअघि अर्को कम्पनी शेलले पनि गत हप्ता घटेको नाफा विवरण सार्वजनिक गरेको थियो। २०२२ मा ३९ अर्ब ९० करोड डलर नाफा गरेको उसले २०२३ मा २८.२ अर्ब डलर मात्र कमाएको बताएको थियो।
बीपीको नाफा घटे पनि अघिल्लो वर्षलाई छाड्ने हो भने पनि सन् २०१२ यताकै उच्च नाफा हो।
बीपीले १.७५ अर्ब डलर यो वर्षको पहिलो तीन महिनामा लगानीकर्तालाई बाँड्ने योजना बनाएको छ। सन् २०२४ को पहिलो छ महिनामा कम्पनीले साढे ३ अर्ब डलर बाँड्ने उल्लेख गरेको छ।
30
Shares
प्रतिक्रिया