नेपालले स्विट्जरल्यान्डसँग हवाइ सम्झौता गरेको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा द्विपक्षीय हवाइ सेवा सम्झौता भएको हो।
मंगलबार मन्त्रालयमा विशेष कार्यक्रम गरी हवाइ सम्झौता गरिएको सहसचिव हेमराज तामाङले जानकारी दिए।
नेपालले द्विपक्षीय हवाइ सेवा सम्झौता गरेका मुलुकको संख्या ४२ पुगेको छ।
सरकारले केही मुलुकहरुसँग द्विपक्षीय हवाइ सेवा सम्झौताका लागि प्रक्रिया अघि बढेको मन्त्रालयले जनाएको छ।
42
Shares
प्रतिक्रिया