सुनको मूल्य बुधबार बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६ सय रुपैयाँ बढेको हो।
योसँगै बुधबार बजारमा छापावाल सुन १ लाख १८ हजार ६ सय र तेजाबी सुन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको छ।
यता चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। यसअनुसार चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
165
Shares
प्रतिक्रिया