सेयरबजार २१ सय विन्दु नजिक पुगेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ५.७४ अंकले हरियो भएको हो।
योसँगै बजारमा ३ अर्ब २१ करोडको कारोबार भएको छ। साताको अन्तिम कारोबार दिन १ सय ५७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८२ वटाको घटेको र ८ वटाको उही मूल्यमा कारोबार भएको छ।
दिनभरिमा आज ९१ लाख कित्ता सेयर बिक्री भएको थियो।
आज समाज लघुवित्तका सेयरधनीले धेरै कमाएका छन्। कम्पनीको सेयर १० प्रतिशतले बढ्दा लगानीकर्ताले ८३.९० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका हुन्।
आज बुद्धभूमि नेपाल हाइड्रोको ९.९९ र त्रिशूली जलविद्युत्को ९.८४ प्रतिशतले सेयर मूल्य बढेको छ। आज लगानीकर्ताले ९.९७ प्रतिशतसम्म गुमाएका छन्।
सर्वाधिक कारोबारमा भने हिमालयन रि इन्स्योरेन्स अगाडि छ। कम्पनीको १८ करोडको सेयर कारोबार भएको छ।
24
Shares
प्रतिक्रिया