ad ad

कारोबार


सुरक्षित मोबाइल बैंकिङका लागि ग्राहकलाई नबिल बैंकका ७ सुझाव

सुरक्षित मोबाइल बैंकिङका लागि ग्राहकलाई नबिल बैंकका ७ सुझाव

नेपालखबर
माघ २८, २०८० आइतबार १७:३६, काठमाडौँ

के तपाईं मोबाइल बैंकिङ चलाउनुहुन्छ? चलाउनुहुन्छ भने तपाईंलाई नबिल बैंकले सातवटा कुरामा ध्यान दिन सुझाव दिएको छ। 

बैंकका अनुसार सुरक्षित डिजिटल कारोबारका लागि ग्राहकलाई बैंकिङ सचेतना प्रदान गरिएको हो। 

के–के हुन् ७ कुरा? 

  • मोबाइल बैंकिङ एप इन्स्टल गरेको फोन तथा इन्टरनेट बैंकिङ प्रयोग गर्ने कम्प्युटर अनिवार्य रुपमा बलियो पासवर्ड/पिनले लक गर्नुहोस्
  • मोबाइल/इन्टरनेट बैंकिङ जस्ता सेवाको लगइन पासवर्ड÷पिन कसैसँग पनि सेयर नगर्नुहोस् 
  • मोबाइल/इन्टरनेट बैंकिङ जस्ता डिजिटल सेवामा रजिस्ट्रर गरिएका इमेल आईडीहरुमा दुई तहको प्रमाणीकरण (टुएफए) सुचारु गर्नुहोस् तथा समय–समयमा पासवर्ड परिवर्तन गर्नुहोस्
  • अरुले सजिलै अनुमान गर्न सक्ने पासवर्ड/पिन कदापि प्रयोग नगर्नुहोस्
  • कसैले सामाजिक सञ्जाल तथा मेसेजमार्फत पैसा पठाउन अनुरोध गरेमा फोनमार्फत एकीन गरेर मात्रै पैसा पठाउनुहोस्
  • तपाईंले भर्दै नभरेको चिठा पर्यो भन्दै मेसेज तथा फोन आएमा नपत्याउनुहोस्
  • बैंकको आधिकारिक एप तथा वेबसाइटमात्र प्रयोग गर्नुहोस् 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .