ad ad

राजनीति


वर्षमान पुनले केन्द्रीय समितिमा भने : माओवादी अझै पनि पहिलो पार्टी बन्न सक्छ

वर्षमान पुनले केन्द्रीय समितिमा भने : माओवादी अझै पनि पहिलो पार्टी बन्न सक्छ

फाइल तस्बिर


नेपालखबर
माघ २८, २०८० आइतबार १७:३८, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले २०६४ मा ३१ लाख मतसहित पहिलो बनेको पार्टी खिइँदै गएको बताएका छन्।

माओवादी केन्द्रीय समिति बैठकमा आइतबार रिपोर्टिङका क्रममा पुनले पार्टी खिइँदै गएको कुराको गम्भीर समीक्षा हुनुपर्ने पनि बताए। 

‘२०६४ मा एक्लै माओवादीले ३१ मत पाएको थियो। तर पार्टी एकतापछि ३४ लाख मत मात्रै आयो’, उनले भने, ‘१२-१५ लाख मत एक दशकमा थप्न सकिन्छ। यसो भयो भने हामी २०६४ को अवस्थामा पुग्न सक्छौँ।’

माओवादीमा ठूलो पार्टी बन्ने संरचना रहेको बताउँदै पुनले विगत १० वर्षमा यथास्थितिमा रहनुको कारण खोज्नुपर्नेमा जोड दिए। 

‘१० वर्षसम्म हामी किन यथास्थितिमा रह्यौँ त? ०५१ सालमा एमाले पनि पहिलो थियो। २०७० मा आएर कांग्रेस उक्लियो। कांग्रेस पनि १० वर्षपछि मात्रै ठूलो पार्टी बनेको हो’, उनले भने, ‘हामी मध्यमवर्गमा खिइँदै गएका छौँ। हामीले २ दशकयता भएका प्रयोगको समीक्षा गरौँ। विधान सम्मेलन कोशेढुंगा हुन सक्छ। एकअर्कामा आरोप प्रत्यारोप गर्ने काम छाडेर मिहिनेत गर्न सके अझै हामी पहिलो पार्टीमा उक्लिन सक्छौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .