ad ad

कारोबार


कामना सेवाद्वारा मन्दिरलाई एक लाख सहयोग

कामना सेवाद्वारा मन्दिरलाई एक लाख सहयोग

नेपालखबर
माघ २७, २०७६ सोमबार १२:१७,

कामना सेवा विकास बैंकले पोखराको लामाचौर बगैँचा स्थित श्री अकलादेवी तथा लक्ष्मी नारायण मन्दिरलाई आल्मुनियम झ्याल ढोका राख्ने प्रयोजनको लागि एक लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकले पोखरा महानगरपाविलका–१९ पुरुन्चौर स्थित शाखा कार्यालय मार्फत आफ्नो सामजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग हस्तान्तरण गरेको हो।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष शोभामोहन पौडेल तथा कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका थिए। कार्यक्रमको सहजीकरण बैंकका गण्डकी प्रदेश प्रमुख टुबराज वास्तोलाले गरेका थिए।

बैंकका सञ्चालक देवकृष्ण काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमा अतिथिहरुले बैंकले समाजिक क्षेत्रमा समेत सराह्रनीइय कार्य गरेकोले धन्यवाद ज्ञापन गर्दै बैकलाई सबै क्षेत्रले सहयोग गर्नु पर्ने कुरामा जोड दिए।

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ११८ वटा शाखा कार्यालयहरु तथा ६२ वटा एटीएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .