ad ad

कारोबार


नारिता उडानको एकतर्फी भाडा ३७ हजार मात्रै

नारिता उडानको एकतर्फी भाडा ३७ हजार मात्रै

नेपालखबर
माघ २७, २०७६ सोमबार १२:२४,

नेपाल वायुसेवा निगमले फागुन १९ गते (२ मार्च २०२०) देखि जापानको नारितामा हप्ताको ३ दिन सिधा उडान प्रारम्भ गर्ने भएको छ। एयरबस वाइडबडीबाट गरिने सिधा उडान सोमबार, बुधबार र शुक्रबार हुनेछ।

बिहान १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरिने सो विमान सोही दिन अपराह्न ६ बजेर २५ मिनेटमा काठमाडौंमा अवतरण गर्ने कार्यतालिका बनाइएको छ।

हालका लागि प्रवद्र्धनात्मक भाडाडर काठमाडौंबाट नारिताका लागि एकतर्फी ३७ हजार र दुईतर्फी भाडा ७३ हजार निर्धारण गरिएको छ। यसका साथै विजनेस क्लासमा यात्रा गर्नेले प्रति व्यक्ति २५÷२५ के.जी. का २ वटा ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३/२३ के.जी.का २ वटा व्यागेजको सुविधा पाउनेछन्।

नारिताको उडान प्रारम्भ भएपछि टोकियो र वरपरका यात्रुहरुलाई सुविधा हुनेछ भने सिधा उडानले गर्दा ट्रान्जिटको झन्झठ समेत समाप्त हुने निगमको दाबी छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .