बजार परिसूचक नेप्से सोमबार २१ सय विन्दुमा पुगेको छ।
२ हजार विन्दु वरिपरि घुमिरहेको सूचक १५.३३ अंकले बढेसँगै सोमबार २१०१.१६ विन्दुमा पुगेको हो।
योसँगै ३ अर्ब ५८ करोड रुपैयाँको सेयर किनबेच भएको छ। साताको दोस्रो कारोबार दिन १ करोड कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
योसँगै १९९ कम्पनीको सेयर मूल्य बढ्दा ४५ वटाको घटेको र चारवटाको उही मूल्यमा कारोबार भएको छ।
कसले कमाए धेरै?
सोमबार बोटलर्स नेपाल र समाज लघुवित्तका सेयरधनीले १० प्रतिशत कमाएका छन्। कम्पनीहरुको सेयर उक्त दरले बढ्दा लगानीकर्ताको हातमा प्रतिकित्ता क्रमशः ६३६ र १०१.५० रुपैयाँ हात परेको हो।
यसबाहेक कुथेली बुखारी र चिर्ख्वा हाइड्रोको ९.९९ प्रतिशतले सेयर मूल्य बढेको छ। भने बलेफी हाइड्रोका लगानीकर्ताले पनि सोही हाराहारीमा कमाएका छन्।
आज हिमालयन रिको सर्वाधिक २३ करोडको सेयर कारोबार भएको छ।
Shares
प्रतिक्रिया