ad ad

कारोबार


ओपोद्वारा नेपालमा रेनो १०एक्स जुम ईडिसन सार्वजनिक

ओपोद्वारा नेपालमा रेनो १०एक्स जुम ईडिसन सार्वजनिक

नेपालखबर
असार १५, २०७६ आइतबार १५:५७,

ओपोले नेपालमा रेनो १०एक्स जुम ईडिसन सार्वजनिक गरेको छ। ओपोको नयाँ फ्ल्यागशिप रेनो सिरिज अन्तर्गतको यो फोन असार १५, आईतवारदेखि नेपाल उपलब्ध गरिएको हो।

ओपो रेनो १०एक्स जुम ईडिसनको प्रमुख आकर्षण, यसको नाम अनुसार स्वभाविकरुपमा १०एक्स लसलेस हाइब्रिड अप्टिकल जुम हो। ओपो रेनो १०एक्स जुम ईडिसनमा रहेको साइड–स्विङ सेल्फी क्यामेरा स्मार्टफोनको अर्को प्रमुख आकर्षण हो।

ओपो रेनो १०एक्स जुम ईडिसनको ८ जीबी -याम÷२५६ जीबी रोम संस्करणको मूल्य रु. ८९ हजार ९ सय ९० निर्धारण गरिएको छ। यो फोन जेट ब्ल्याक र ओसन ग्रिन गरी दूई आकर्षक रङमा उपलब्ध गरिएका छन्। ओपो १०एक्स जुम ईडिसन पहिलो पटक चीनमा र लगतै यूरोपमा ओपो रेनो र ओपो रेनो ५जीका साथमा सार्वजनिक गरिएको थियो।

ओपो रेनो १०एक्स जुम ईडिसन अलरओएस ६मा आधारित एण्ड्रोइड पाई मार्फत सञ्चालित हुन्छ। साथै, नयाँ फोनमा मोबाइल गेमिङ अनुभवमा उत्कृष्टता प्रदान गर्ने सोचका साथ फ्रेम बुस्ट र टच बुस्ट एक्सिलिरेसन सहितको गेम बुस्ट २.० एक्सिलिरेसन ईञ्जिन समाहित हाईपर बुस्ट परफरमेन्स ईन्ह्यान्समेन्टपनि उपलब्ध छ।

फोनमा क्यामेरा बम्प्स छल्नका लागि थ्रीडी कर्भ्ड ग्लासको सुरक्षा प्रदान गरिएको छ। त्यसैगरी कुनै सतहमा यत्तिकै राख्दा क्यामेरा हल्का माथि उठाएर जोगाउने सोचका साथ फोनको पछिल्तिर एउटा ओ–डट सेरामिक प्वाइन्टपनि दिइएको छ। फोनमा अल्ट्रासोनिक ईन–डिस्प्ले फिङगरप्रिन्ट सेन्सर र सार्क फिन साइड स्विङ क्यामेरा डिजाइनको प्रयोग गरिएको छ। ६.६ ईञ्च पानोरामिक एमोलेड डिस्प्ले सहितको ओपो रेनो १०एक्स जुम ईडिसनलाई शक्ति प्रदान गर्न ८ जीबी -याम अप्सनका साथ ओक्टा–कोर स्न्यापड्रागन ८५५ एसओसीको प्रयोग गरिएको छ।

अप्टिक्सको कुरा गर्दा ओपो रेनो १०एक्स जुम ईडिसनमा एफ÷१.७ लेन्स र लेजर अटोफोकस सहितको ४८ एमपी सोनी आइएमएक्स५८६ (०.५ ईञ्च) सेन्सर ट्रिपल रियर क्यामेरा सेटअप उपलब्ध गरिएको छ। क्यामेरा सेटअपमा पेरिस्कोप टेलिफोटो लेन्स सहितको १३ एमपी सेकेन्डरी सेन्सर र सुपर वाइड एंगल लेन्स सहितको ८ एमपी टर्सिएरी सेन्सरपनि उपलब्ध छ। एमडब्ल्यूसी २०१९ फेबु्रअरीमा प्रदर्शित गरिए झैँ १०एक्स लसलेस अप्टिकल जुम सुचारुका लागि ओपो रेनो १०एक्स जुम ईडिसनमा १६–१६०एमएम फोकल लेन्थ कभरेज उपलब्ध गरिएको छ।

तस्विरमा अझ सटिकता र गुणस्तर प्रदान गर्न यसमा डुअल ओआईएस सपोर्टपनि दिइएको छ। साथै, यस ह्याण्डसेटले न्वाइज रिडक्सन, एचडीआर सपोर्ट र एआईमा आधारित अल्ट्रा नाइटमोड २.० र पोट्रेट मोडपनि सपोर्ट गर्छ।

स्टिल शट्सका साथै ओपो रेनो १०एक्स जुम ईडिसनमा भिडियो रेकर्डिङ केन्द्रित विभिन्न फिचर्सपनि दिइएका छन्। यो फोनले ओआईएस सपोर्टका साथ फोरके ६०एफपीएस भिडियो सपोर्ट गर्छ। साथै यसमा रहेको ३ माइक्रोफोन सेटअपका माध्यमबाट यसले अडियो जुम रेकर्डिङ र थ्रीडी सराउण्ड अडियो क्याप्चरिङमा पनि तेवा पु-याउँछ।

सेल्फीका लागि यसमा मात्र ०.८ सेकेण्डमा खुल्ने साइड स्विङ सेल्फी क्यामेरा मोड्युलको ब्यवस्था गरिएको छ। कम्पनीका अनुसार उक्त मोड्यूल २ लाख पटक खोल्न र बन्द हुने कार्यका लागि परिक्षण गरिएको छ। फोनमा पोट्र्रेटका लागि ५ भिन्न मोड्सको ब्यवस्था गरिएको छ।

ओपो रेनो १०एक्स जुम ईडिसनमा २ सय ५६ जीबी ईनब्यूल्ट स्टोरेज अप्सन दिइएको छ। कनेक्टिविटीका लागि फोनमा फोरजी एलटीई, वाईफाई, ब्लयूटूथ, डुअल जीपीएस, एनएफसी र यूएसबी टाइप–सी पोर्टको ब्यवस्थापनि रहेको छ। साथै फोनमा भोक ३.० सपोर्ट सहितको ४ हजार ६५ एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .