ad ad

कारोबार


अन्तिम समयमा बढाइयो सेयरबजार

अन्तिम समयमा बढाइयो सेयरबजार

नेपालखबर
फागुन २, २०८० बुधबार १५:५६, काठमाडौँ

दिनभरी उच्च उतारचढाप देखिएको नेप्से परिसूचक अन्तिम समयमा उकालो लागेको छ।

कारोबार अन्तिम ८ मिनेटमा नेप्से परिसूचक साढे ६ अंकले बढेसँगै बजार २०७६.५० विन्दुमा पुगेको हो। योसँगै आज बजार ५.१९ अंकले वृद्धि भई २०७६.५० विन्दुमा पुगेको सकारात्मक बनेको हो।

बजार बढेपनि कारोबार भने खुम्चिन पुग्यो। आज नेप्सेमा ४ अर्ब २५ करोडको कारोबार भएको छ।

अघिल्लो कारोबार दिन नेप्सेमा ४ अर्ब ६५ करोडको कारोबार भएको थियो। अन्तिम केही मिनेट बढेको बजार स्वभाविक नदेखिएको जानकार बताउँछन्।

बजार घटबढ हुनु स्वभाविक हो तर, अन्तिम समयमा धेरै डिमान्ड देखाएर बजार बढाउने र सप्लाई राखेर बजार घटाउने कुरा अस्वभाविक हुने उनीहरु बताउँछन।

यस्तो क्रियाकलापले बजारमा केही स्वार्थ समूह हावी भएको उनीहरुको तर्क छ।

बढेको बजारमा १३२ कम्पनीका लगानीकर्ताले कमाए भने १११ कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

आज तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल फाइनान्स, बोटलर्स नेपाल (बालाजु), र पाँचथर पावर कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

हिमालयन रि–इन्स्योरेन्को सर्वाधिक १७ करोड १७ लाखको कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .