तीन चर्चित होटललाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ।
गौशालामा रहेको होटल द्वारिकाज, लाजिम्पाटको हिमालयन र बसेरा होटललाई विभागले ३/३ लाख जरिवाना गराएको हो।
विभागले गरेको अनुगमनका क्रममा ती होटलका भान्सा र स्टोरमा राखिएका सामान म्याद नाघिसकेको फेला परेको विभागले जनाएको छ।
बसेरामा पाउरोटी, जुसलगायत २ हजार २ सय ८० रुपैयाँ मूल्यका यस्ता सामान भेटिएका थिए भने हिमालयन होटलमा दूध, मेथी, पाउरोटी, दही पीठोलगायत १० हजार ८ सय २० रुपैयाँका यस्ता सामान भेटिएको विभागले जनाएको छ।
त्यस्तै होटल द्वारिकाजमा पीठो, कोकाकोलालगायतका ११ हजार बढी मूल्यका म्याद गुज्रेका सामान फेला परेको विभागको भनाइ छ।
विभागले बसेरालाई माघ २९ गते, हिमालयनमा फागुन १ र द्वारिकाजमा २ गते अनुगमन गरेको जनाएको छ।
228
Shares
प्रतिक्रिया