ad ad

समाज


सशस्त्र प्रहरी अस्पताल बलम्वुमा अन्कोलोजी युनिटको स्थापना

सशस्त्र प्रहरी अस्पताल बलम्वुमा अन्कोलोजी युनिटको स्थापना

नेपालखबर
फागुन २, २०८० बुधबार १६:२५, काठमाडौँ

नेपाल एपीएफ अस्पताल बलम्वुमा अन्कोलोजी युनिटको स्थापना भएको छ।

अस्पतालको २२औँ वार्षिकोत्सवको अवसर पारेर सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र सशस्त्र प्रहरी परिवार महिला संघकी पूर्व केन्द्रीय अध्यक्ष कल्पना थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

पूर्व सशस्त्र प्रहरी महानिरीक्षक स्व. सहवीर थापाको स्मृतिमा ‘सहवीर थापा अन्कोलोजी युनिट’को स्थापना गरिएको एपीएफले जनाएको छ।

अन्कोलोजी युनिट संचालनको लागि स्थापना गरिएको अक्षयकोषमा महानिरीक्षक अर्याल तथा उनको परिवारको तर्फबाट ५ लाख रुपैयाँ प्रदान गर्नुकोसाथै वहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुले समेत सहयोग रकम प्रदान गरेका छन्।

साथै महानिरीक्षक अर्यालले नेपाल एपीएफ अस्पताल बलम्वुमा निर्माण भएको नयाँ इमरजेन्सी भवनको समेत उद्घाटन गरेका छन्।

त्यस्तै उनले अस्पतालमा कार्यरत रहि उच्च पेशागत दक्षता प्रदर्शन गर्ने नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायव महानिरीक्षक डा रुपक महर्जन लगायत अन्य कर्मचारीलाई आईजी एपीएफ कमान्डेसन प्रदान गर्नुकासाथै अस्पताललाई अनुकरणीय सहयोग पुर्‍याउँदै आएका विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई कदरपत्र प्रदान गरे।

सोही अवसरमा महानिरीक्षक अर्यालले नेपाल एपीएफ अस्पतालको विविध गतिविधिहरु समेटि तयार पारिएको ‘अस्पताल प्रतिबिम्ब २०८०’को विमोचन समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .