बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाज पल्सर ‘१०० एनएस राइड’ सम्पन्न गरेको छ।
कम्पनीले १०० वटा बिरुवा रोप्ने उद्धेश्यको साथ सगरमाथा र जनकपुर क्षेत्रका ग्राहकहरुलाई समेटेर १०० एनएस राइड आयोजना गरेको हो।
कम्पनीले विश्व सिमसार दिवसको अवसर पारेर गरेको उक्त राइड कार्यक्रममा उदयपुर कटारीमा रहेको सिसाघारी सिमसार क्षेत्रमा १०० भन्दा धेरै फलफूलको बिरुवा वृक्षारोपण गरेको छ।
१०० भन्दा धेरै एनएस ग्राहकहरू सहभागी यो राइडमा जनकपुर, धनुषाधाम, यदुकुवा, जलेश्वर, मिर्चैया, गोलबजार, राजविराज, बर्दिबास, गाइघाट, लहानलगायतका विभिन्न स्थानका राइडरहरु सहभागी रहेका थिए। उक्त कार्यक्रममा सहभागी सबै राइडरहरुले उत्साहका साथ वृक्षारोपण गर्नुका साथै विभिन्न मनोरञ्जनात्मक खेलहरुमा भाग लिएका थिए।
विभिन्न खेलका विजेताहरुलाई कम्पनीले उपहारस्वरुप फुल हेलमेट प्रदान गरेको थियो। उक्त राइडमा ५० वर्षभन्दा बढि उमेर समूहका राइडरहरुको समेत सहभागिता रहेको थियो भने महिला राइडरको समेत सहभागिता रहेको थियो।
‘१०० एनएस राइडर्सको एउटै उदेश्य’ भन्ने मूल नाराका साथ आयोजना गरेको यो कार्यक्रम नेपालको सबैभन्दा ठूलो कम्यूनिटी राइड भएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार मोटरसाइकल बिक्रेता कम्पनीले गरेको सम्भवत सबैभन्दा ठूलो राइड इभेन्ट १०० एनएस भएको छ।
उक्त राइडमा सहभागीहरुले आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिन कम्पनीलाई सल्लाह र सुझाव दिएका थिए भने कम्पनीले पनि आगामी दिनमा यस्तै कार्यक्रमलाई अझै परिष्कृत गर्दैै जाने प्रतिवद्धता जनाएको छ।
Shares
प्रतिक्रिया