नेपाली कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा उद्घाटन भएकै दिन उसका ६ वटा संगठनले बहिस्कार घोषणा गरेका छन्।
नेपाल शिक्षक संघ, नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसन, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल डेमोक्र्याटिक इन्जिनियर्स नेपाल, नेपाल प्रेस युनियन र प्रजातन्तवादी संघले महासमिति उद्घाटन सत्रपछि सभापति देउवा निवास बूढानीलकण्ठमा पुगेर बहिष्कार घोषणाको पत्र बुझाएका हुन्।
उनीहरूले महासमितिका लागि सबैबाट तीन-तीन जनाको नाम पठाएकोमा ती काटेको भन्दै विरोध गरेका छन्।
विधानको व्यवस्थाविपरीत निर्वाचित अध्यक्षहरूलाई आमन्त्रित महासमिति सदस्य कायम गरेको कुरामा पनि उनीहरूको आपत्ति छ।
६ वटै संगठनले कांग्रेसको विधान २०१७ (संशोधनसहित)को व्यवस्था र निर्वाचन समितिको निर्णय एवम् केन्द्रीय कार्यसमितिको निर्णय पनि विधानविपरीत भएको बताएका छन्।
विधानविपरीत गएर गलत निर्णय लिइएको भन्दै सबै संगठनले गोदावरीमा जारी महासमिति बैठक बहिष्कार घोषणा गरेका हुन्।
Shares
प्रतिक्रिया