ad ad

कारोबार


मेगा बैंकको नाफा ३० प्रतिशतले वृद्धि

मेगा बैंकको नाफा ३० प्रतिशतले वृद्धि

नेपालखबर
माघ २८, २०७६ मंगलबार १५:०,

मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा ह्वात्तै बढेको छ।

दोस्रो त्रैमासिक अवधिसम्म मेगा बैंकले ९५ करोड रुपैँया खुद मुनाफा आर्जन गरेको हो। चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासिकमा ४३ करोड ७४ लाख मुनाफा आर्जन गरेको बैंकले दोस्रो त्रैमासिकसम्म आइपुग्दा ९५ करोड २ लाख खुद मुनाफा गर्न सफल भएको छ।

जबकी आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासिक अवधिसम्म बैंकले ७३ करोड २० लाख रुपैँया मुनाफा आर्जन गरेको थियो। बैंकको वित्तीय विवरण अनुसार, गत वर्षको सोही अवधिको तुलनामा बैंकले करिब ३० प्रतिशत मुनाफा बृद्धि गर्न सफल भएको छ।

२०७६ पौष मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कूल निक्षेप १४ अर्ब ४१ करोडले वृद्धि भई ८४ अर्ब ६३ करोड रुपैँया पुगेको छ जुन २० प्रतिशत भन्दा बढीको वृद्धि हो। त्यसैगरी, कर्जा तथा सापटी १२ अर्ब १८ करोडले वृद्धि भई ७८ अर्ब ११ करोड कायम भएको छ जुन १८ प्रतिशत भन्दा बढीको वृद्धि हो।

मेगा बैंकका देशभर १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटिएम सञ्जाल, ७९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २५ सय भन्दा बढी मेगा रेमिट एजेण्ट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .