ad ad

कारोबार


म्यारिएट होटलमा डेल्टिन समूहकाे क्यासिनो

म्यारिएट होटलमा डेल्टिन समूहकाे क्यासिनो

नेपालखबर
माघ २८, २०७६ मंगलबार १५:२९,

भारतको डेल्टिन समूहले पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय परियोजना डेल्टिन क्यासिनोको शुभारम्भ काठमाडौंको होटल म्यारिएटबाट गरेको छ। यो नयाँ परियोजना कम्पनीले एभरेष्ट हस्पिट्यालिटी एण्ड होटल प्रा.लि.सँग गरेको सम्झौताको प्रतिफल हो।

डेल्टिन समूह भारतको एक विशाल एवं सार्वजनिक रुपमा सूचीकृत गेमिङ्ग तथा आतिथ्य सेवा प्रदान गर्ने कम्पनी हो, जुन सन् २००८ देखि तीव्र गतिमा विस्तार हुँदै आइरहेको छ। यो समूहले नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्यासिनो सेवा प्रदान गर्ने लक्ष्य लिएको छ। भिजिट नेपाल २०२० को सन्दर्भसँगै सञ्चालनमा आएको यो क्यासिनोले नेपालमा क्यासिनो–पर्यटनलाई अझ थप उचाईमा लैजाने विश्वास गरिएको छ। साथै पर्यटनका अन्य पक्षहरुलाई समेत ध्यानमा राखेर नेपालको अर्थतन्त्र उकास्नमा समेत यसको थप योगदान रहनेछ।

क्यासिनोले नेपालमा उच्चकोटीको गेमिङ्ग अनुभूति, आतिथ्यता र मनोरन्जनको स्तरमा अभिवृद्धि गर्ने उद्देश्य लिएको छ। क्यासिनोले हाल २५० जना स्थानीयहरुलाई रोजगारी प्रदान गरेको छ। यी कर्मचारीहरुबाट उच्चस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता स्वरुप उनीहरुलाई ६ महिनासम्म अन्तर्राष्ट्रिय सुपरिवेक्षकको निगरानीमा प्रशिक्षण प्रदान गरिएको थियो।

यो क्यासिनो सञ्चालनमा आउनाले विदेशी प्रत्यक्ष लगानी (एफडिआइ) मा योगदान पुग्नुका साथसाथै नेपाली अर्थतन्त्रको विकास गर्न र खुला नेपाली बजारमा मनोरन्जन व्यवसायका नयाँ सम्भावनाहरुको खोजी गर्न पनि मद्दत पुगेको छ।

क्यासिनो शुभारम्भको अवसरमा आफ्नो मन्तव्य राख्दै डेल्टिन समूहका अध्यक्ष तथा सिइओ अनिल मलानीले भने, ‘हामी विश्वास गर्दछौं कि नैतिकता र अनुपालन हाम्रो व्यवसायको एक अभिन्न हिस्सा हो र यसैले हामी म्यारिएट होटलका संचालक एभरेष्ट हस्पिट्यालिटी एण्ड होटल प्रा.लि. सँग हातेमालो गर्न पाउँदा हर्षित भएका छौं। हामी दुवै कम्पनीहरु उही समान मूल्य र मान्यताका साथ सेवा व्यवसायमा उत्कृष्टता र व्यावसायिकता प्रदान गर्न कटिबद्ध छौं। हाम्रो समान अवधारणा र मूल्य मान्यताको कारण नेपालमा हाम्रो व्यवसाय सुरक्षित पक्षसँग रहेको पुष्टि गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .