सेयरबजार परिसूचक १३.२८ अंकले बढेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से बढेर १९९२.३० विन्दुमा पुगेको छ।
०.६७ प्रतिशतले बढेको दिन कारोबार रकम भने २ अर्बमा खुम्चिएको छ। कारोबार अवधिमा सोमबार ५९ लाख कित्ता सेयर मात्र बिक्री भएको छ।
आज १६७ कम्पनीको सेयर बढे पनि अधिकांश लगानीकर्ताले उल्लेख्य आम्दानी गर्न सकेनन्। सोमबार पनि बोटलर्स नेपालको सेयर १० प्रतिशतले बढेको छ।
कम्पनीका लगानीकर्ताले १ हजार ४ सय ७५ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका हुन्। अन्य कम्पनीको सेयर मूल्य ८.१६ प्रतिशतभन्दा बढी हुनसकेको छैन।
आजको कारोबारमा ७५ वटा कम्पनीको सेयर मूल्य घटेको छ। दोस्रो दिन पनि समाज लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागेको छ। अन्य कम्पनीको ८.७७ प्रतिशतसम्म सेयर घटेको छ।
सर्वाधिक कारोबारमा आज सोनापुर मिनरल्स अगाडि छ। कम्पनीको ९ करोड ७१ लाखको सेयर कारोबार भएको छ। दोस्रो स्थानमा रहेको हिमालयन रिको ७ करोड ७५ लाखको कारोबार भएको छ।
दिनभरिमा ४९ लाख ९४० पटक सेयर खरिदबिक्री भएको थियो।
Shares
प्रतिक्रिया