सरकारले आगामाी आर्थिक वर्षको कर नीतिको लागि सुझाव माग गरेको छ।
आगामाी जेठ १५ गते सार्वजनिक हुने बजेटमा समावेश हुने आर्थिक ऐनको कर नीतिको लागि सुझाव मागेको हो।
अर्थ मन्त्रालयअन्तगर्तको राजस्व परामर्श समितिले एक सूचना जारी गर्दै सुझाव माग गरेको छ।
सूचनामा भनिएको छ, ‘आर्थिक ऐन तर्जमा गर्दा अबलम्बन गर्नुपर्ने राजस्व नीतिको साथै भन्सार महसुल, मूल्य अभिवृद्धि कर आयकर , अन्तशुल्क , गैरकर एवम् राजस्व चुहावट लगायत समग्र राजस्व प्रसाशन सुधारको विषयमा सुझाव दिन सकिने छ।’
आगामी चैत १० सम्म सुझाव बुझाउन सकिनेछ। राजस्व परामर्श समितिको कार्यालय, विषयगत ७ वटा उपसमिति र अर्थ मन्त्रालयमातहतको निकायमा सुझाव दिन सकिनेछ।
57
Shares
प्रतिक्रिया