सेयरबजारमा दुई दिनयता सत्ता समीकरण फेरबदलको असर देखिने क्रम जारी छ।
सोमबार हरियाली छाएको सेयरबजार मंगलबार फेरि राताम्य देखिएको छ।
सोमबार तेस्रो सर्किट लागेपछि पूरै दिनका लागि बजार बन्द भएकोमा मंगलबार फेरि नकारात्मक सर्किट उन्मुख देखिएको छ।
कारोबार खुलेको पहिलो आधा घण्टामा बजार २.१९ प्रतिशतले घटिसकेको छ। ४५.५५ अंकले बजार घटेको हो। हालसम्म १ अर्ब २१ करोडको कारोबार भइसकेको नेप्सेले जनाएको छ।
खासगरी सोमबार सम्भावित अर्थमन्त्रीलाई लिएर बजार बढे पनि मंगलबार फेरि त्यसो नहुनसक्ने राजनीतिक माहोलपछि बजारले त्यसलाई रियाक्ट गरेको देखिएको छ।
123
Shares
प्रतिक्रिया