गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषद्मा सहभागी दुई मन्त्रीलाई बर्खास्त गरिदिएका छन्।
केन्द्रमा गठबन्धन बदलिएसँगै नेपाली कांग्रेसका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पाण्डेले सामाजिक विकासमन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन्।
बर्खास्त गरिएको जानकारी प्रदेश प्रमुख पृथ्वीमान गुरुङकहाँ पुगेको छ।
‘मुख्यमन्त्री कार्यालयबाट पत्र आएको छ, प्रदेश प्रमुखज्यूले संविधानअनुसार निर्णय गर्नुहुन्छ,’ प्रदेश प्रमुखको कार्यालयले भन्यो।
प्रधानमन्त्री प्रचण्डले सोमबार मात्र नेपाली कांग्रेससँगको गठबन्धन तोड्दै एमाले, रास्वपा र जसपा साथमा लिएर नयाँ गठबन्धन बनाई मन्त्रिपरिषद् पुनर्गठन गरिसकेका छन्।
सोमबार एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले मन्त्री पदको शपथ लिएका हुन्। तर उनीहरूका मन्त्रालय तोक्न बाँकी नै छ।
Shares
प्रतिक्रिया