ad ad

कारोबार


सात महिनामा ३.२ प्रतिशतले बढ्यो कुल आन्तरिक कर्जा

सात महिनामा ३.२ प्रतिशतले बढ्यो कुल आन्तरिक कर्जा

नेपालखबर
फागुन २७, २०८० आइतबार १५:२९, काठमाडौँ

आर्थिक वर्ष २०८०/८१ को सात महिनामा कुल आन्तरिक कर्जा ३.२ प्रतिशतले बढेको छ।

अघिल्लो वर्ष माघ महिनासम्म  उक्त कर्जा ३.९ प्रतिशतले बढेको थियो। 

राष्ट्र बैंकको तथ्यांक अनुसार वार्षिक विन्दुगत आधारमा २०८० माघ मसान्तमा यस्तो कर्जा ८.० प्रतिशतले बढेको छ ।
 

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ७.३ प्रतिशतले घटेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ४.१ प्रतिशतले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८० माघ मसान्तमा यस्तो दावी २०.६ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ५.१ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दावी ४.३ प्रतिशतले बढेको थियो।

 वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.४ प्रतिशतले बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .