राष्ट्रिय योजना आयोगका चार जना सदस्यले राजीनामा दिएका छन्।
उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन्।
राजीनामा दिनेहरुमा आयोगका सदस्यहरु डा. प्रभु बुढाथोकी, डा. आरपी विच्छा, डा. अनिता शाह ढुंगाना र डा. जयकान्त राउत छन्।
उनीहरुमध्ये अनिता शाह हाल अमेरिकामा रहेकाले उतैबाट राजीनामा दिएको बताइएको छ।
1.7k
Shares
प्रतिक्रिया