एभरेस्ट बैंकले देशैभर विभिन्न साक्षरता कार्यक्रम गरी ‘ग्लोबल मनी विक’ मनाएको छ।
बैंकले राष्ट बैंकको संयोजनमा विगत वर्षहरुजस्तै यस वर्ष पनि यही ५ गतेदेखि सप्ताहव्यापी अभियानअन्तर्गत उक्त कार्यक्रम गरेको हो।
कार्यक्रमअन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल/क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजारभन्दा बढी विधार्थीहरुमा वित्तीय शिक्षाको महत्व जागरण गराएको जनाएको छ।
पैसा जोगाएर भविष्य सुरक्षित गरौँ भन्ने नारामा आयोजित कार्यक्रममा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरुले दिने सेवा र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेतना गराइएको थियो।
60
Shares
प्रतिक्रिया