चालू आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा शोधनान्तर स्थिति अर्थात् भुक्तानी सन्तुलन ३ खर्ब २७ अर्ब ५५ करोडले बचतमा छ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षमा नेपालबाट बाहिरिने र भित्रिने रकमको अन्तर सकारात्मक देखिएको हो।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ४२ अर्बले बचतमा थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ४६ करोडले बचतमा छ।
चालू खाता १ खर्ब ६६ अर्ब ८७ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ५५ अर्ब २८ करोडले घाटामा थियो।
42
Shares
प्रतिक्रिया