ad ad

कारोबार


राजस्व गस्ती प्रभावकारी बनाउन अर्थमन्त्रीको निर्देशन

राजस्व गस्ती प्रभावकारी बनाउन अर्थमन्त्रीको निर्देशन

नेपालखबर
फागुन ७, २०७६ बुधबार १५:४६,

अर्थमन्त्री युवराज खतिवडाले भन्सार नाकाबाहेक अन्यत्रबाट हुने आयातलाई निरुत्साहित गर्न निर्देशन दिएका छन्।

बुधबार बसेको उच्च स्तरीय राजस्व चुहावट नियन्त्रण अनुगमन समितिको बैठकमा समितिका संयोजक तथा अर्थ मन्त्री डा. खतिवडाले राजस्व गस्तीको प्रभावकारिताका लागि जनशक्ति¸ उपकरण र सवारी साधनको भरपर्दो बन्दोवस्त मिलाउन¸ संबेदनशील भन्सार नाकालाई विशेष निगरानी बढाउनसमेत निर्देशन दिए।

उनले बिल विजकहरूको बारेमा सुरक्षा निकायबाट खटिने कर्मचारीहरूलाई जानकारी दिन तालिम उपलब्ध गराउन, राजस्व चुहावट नियन्त्रण ऐनमा हालै भएका संशोधनको विषयमा सरोकारवालाई जानकारी प्रदान गर्न साथै सीमा नाकामा रहने भन्सार प्रशासन¸ सुरक्षा निकाय लगायतले अन्तर्राष्ट्रिय सीमा व्यवस्थापनमा सूचना आदान प्रदान गर्ने संयन्त्र विकास गरी अन्तर निकाय समन्वय वढाउन समेत निर्देशन दिएका थिए।

बैठकमा अर्थ सचिव शिशिर कुमार ढुंगाना, गृह सचिव महेश्वर न्यौपाने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डिल्लीराज घिमिरे, नेपाल प्रहरीका महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .