ad ad

कारोबार


बैंक अफ काठमाण्डूद्वारा आईसीयू कक्ष निर्माण गर्न एक करोड सहयोग

बैंक अफ काठमाण्डूद्वारा आईसीयू कक्ष निर्माण गर्न एक करोड सहयोग

नेपालखबर
फागुन ७, २०७६ बुधबार १६:१९,

बैंक अफ काठमाण्डू लिमिटेडले काठमान्डू इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आइसीयु कक्ष निर्माण गर्न रु १ करोड सहयोग गरेको छ। आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा आयोजित पत्रकार सम्मेलनमा बैंकले सो सहयोग गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि गर्भनर चिरञ्जीवी नेपालले उक्त रकमको चेक उक्त संस्थाका संस्थापक एवं अध्यक्ष प्रोफेसर डा. भगवान कोइरालालाई हस्तान्तरण गरे।

साथै, सोसाइटी अफ इकोनोमिक जोर्नलिस्ट (सेजोन) नेपाललाई आर्थिक पत्रकारीताको क्षेत्रमा महिला पत्रकारहरुको समावेशिता बढाउन र उनीहरुको क्षमता अभिवृद्घि गर्न चाहिने तालीम प्रदान गर्न रु ५ लाख सहयोग घोषणा गरी सेजोन, नेपालका सभापति भिम प्रसाद गौतमलाई चेक हस्तान्तरण गरीएको छ।

कार्यक्रमका गर्भनर नेपालले बैंकको २५औं वार्षिकोत्सवको लोगो सार्वजनिक गरी बैंकलाई २५औं वर्ष सम्म नेपालको बैंकिङ्ग क्षेत्रमा पु¥याएको योगदानको लागि धन्यवाद सहित आगामी दिनमा बैंकको उत्तरोत्तर प्रगतिका लागि शुभकामना ब्यक्त गरे।

बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले कार्यक्रममा प्रमुख आतिथ्यताको लागि नेपाल राष्ट्र बैंकका गर्भनर चिरन्जिवी नेपाल तथा कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिवर्गहरु तथा सन्चारकर्मी महानुभावहरुmलाई उपस्थितिका लागि धन्यबाद व्यक्त गरे।
बैंक अफ काठमाण्डू लिमिटेडको हाल १० एक्टेन्सन काउन्टर सहित देशभर ८७ शाखा र ७८ एटीएम रहेका छन्।

आर्थिक वर्ष २०७६/७ को दोश्रो त्रैमासिकको अन्त्यको वित्तीय विवरण अनुसार यस बैंकले गत आ. व. को दोश्रो त्रैमासको तुलनामा खुद मुनाफामा २० प्रतिश ले वृद्धि गरी रु ८८ करोड ३८ लाख कमाउन सफल भएको छ। साथै यस अवधिमा बैंकको निक्षेप र कर्जामा अघिल्लो वर्षको तुलनामा क्रमशः ७.८४ प्रतिशत र ९.१४ प्रतिशतले वृद्धि भई क्रमशः रु.९०.११ अर्ब तथा रु.८२.४९ अर्ब पु¥याउन सफल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .