युरोपेली युनियनबाट बाहिरिसकेपछि बेलायतले अदक्ष कामदारलाई भिसा नदिने योजना अघि सारेको छ। सरकारले रोजगारदाताहरुलाई ‘सस्तो श्रमिकबाट’ निर्भर नरहन भनिसकेको छ।
गृहमन्त्री प्रीति पटेलले ‘उचित योग्यता’ भएका मानिसलाई आकर्षित गर्न र ‘बेलायत आउने अदक्ष मानिसको संख्या घटाउने’ उदेश्यले सो कदम चालिएको बीबीसीलाई बताइन्।
विपक्षी पार्टीहरुले भने यसको विरोध गरेका छन्।
आगामी ३१ डिसेम्बरपछि युरोपेली संघ र त्यसबाहिरका मानिसलाई बराबरी हैसियतमा व्यवहार गर्ने बताएको छ। एजेन्सी
प्रतिक्रिया