ad ad

कारोबार


रनवेमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा उडान र अवतरण प्रभावित

रनवेमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा उडान र अवतरण प्रभावित

विमानस्थलमा उडान र अवतरण प्रभावित भएपछि प्रतिक्षारत यात्रु


नेपालखबर
जेठ २४, २०८१ बिहिबार १८:१०, काठमाडौँ

त्रिभुवन विमानस्थलमा उडान र अवतरण दुवै प्रभावित भएको छ।

रनवेमा समस्या आएपछि आन्तरिक र बाह्य उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले नेपालखबरलाई जानकारी दिए। 

केहीबेरमा रनवेको समस्या समाधान हुने उनले बताए। ‘मर्मत कार्य भइरहेको छ, केहीबेरमा खुल्छ,’ उनले नेपालखबरसँग भने। 

बैंककबाट काठमाडौँ आएको बोइङ यो खबर तयार गर्दा आकासमै फन्को लगाइरहेको थियो। त्यस्तै, ढाकाबाट आएको हिमालयन एयरलाइन्सको जहाज पनि घुमिरहेको थियो। 

यसअघि जेठ ११ गते पनि रनवेमा खाल्डो देखिएकाले विमानस्थल एक घन्टा बन्द भएको थियो।

उडान प्रभावित हुँदा विभिन्न गन्तव्यमा उड्न लागेका यात्रु अलपत्र परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .