ad ad

कला


‘डान्स च्याम्पियन सिजन २’ जेठ २७ गतेदेखि प्रशारण हुने

‘डान्स च्याम्पियन सिजन २’ जेठ २७ गतेदेखि प्रशारण हुने

नेपालखबर
जेठ २४, २०८१ बिहिबार १८:१६, काठमाडौँ

डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन सिजन २’ जेठ २७ गतेदेखि प्रशारण हुने भएको छ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो। शो एपिवान टेलिभिजनमार्फत प्रशारण हुने आयोजक आईडिए स्टुडियोले बताएको छ।

सिजन टु मा सोलो, डुयल, ट्रियो र ग्रुपमा समेत प्रस्तुति गर्न पाइने बताए। प्रिमियरदेखि फिनालेसम्म निर्णायकको भिट्टो पावर लगाउनसक्ने व्यवस्था रहेको बताइएको छ।

शोको लागि अडिसन राउण्ड सकिसकेको छ। कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले गीत, संगीत, नृत्य र अभिनय सबै कलाकारिताका एक अर्काका परिपूरक भएको बताए।

उनले अहिले पनि अवसर पाए नृत्य सिक्न मन रहेको बताए। उनले चलचित्रका लागि अहिले नृत्य सिक्नु अनिवार्य नै भइसकेको बताए।

उनले भने, ‘गीत, संगीत, नृत्य र अभिनय यि सबै कलाकारिताका एक अर्काका परिपूरक हुन्। हाम्रो पालमा जब म कलाकार बन्न आएको थिएँ। त्यतिबेला यस्तो डान्स रियालिटी शो खासै थिएन। कहाँ सिक्ने होला भन्ने थियो। डान्स स्कुलहरु थिएनन्। चाहेर पनि डान्स सिक्न पाइन। अझै पनि मौका पाएँ भने सिक्ने कोशिस गर्दछु। डान्स फिल्मको लागि कम्पलसरी नै भइसकेको छ।’

‘डान्स च्याम्पियन सिजन २’ सिपमा कुनैपनि उमेरकाले सहभागिता जनाउनसक्ने आयोजकले बताएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .