वाणिज्य बैंकहरुले ७ वटा क्षेत्रमा ११ खर्ब ७४ रुपैयाँ लगानी गरेका छन्।
राष्ट्र बैंकको सुपरभिजन विभागका अनुसार कुल लगानीको ७८ प्रतिशत लगानी सरकारी ऋणपत्र (बन्ड्स)मा गरेका हुन्।
सरकारी ऋणपत्रमा ९ खर्ब १८ अर्ब रुपैयाँ लगानी गर्दा बैंकहरुले नेपाल राष्ट्र बैंकको बन्डमा १६ अर्ब रुपैयाँ लगानी गरेका छन्।
यस्तै धितोपत्र बजारतर्फ सेयर र डिबेन्चरमा ९३ अर्ब, अन्तरबैंक लगानीमा ६ अर्ब, फिक्स डिपोजिटमा २ अर्ब लगानी भएको छ।
बैंकले सार्वजनिक गरेको सन २०२२/२३ को वार्षिक प्रतिवेदनमा बैंकहरुले सबैभन्दा थोरै सुनमा लगानी गरेको देखिन्छ।
बैंकले कुल लगानीको ०.०३ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँ सुनमा लगानी गरेका हुन्।
योबाहेक अन्यमा भने बैंकले १ अर्ब ३५ करोड रुपैयाँ लगानी गरेका छन्।
252
Shares
प्रतिक्रिया