बाराही हस्पिटालिटीअन्तर्गत काठमाडौंको ठमेलमा रहेको होटल बाराही काठमाडौंको इन्फिनिटी स्विमिङ पुलमा ‘विकेन्ड ब्रन्च’ अफर सुरु भएको छ ।
होटलको सातौं तलामा रहेको इन्फिनिटी स्विमिङ पुलमा शनिबार ग्राहकले छुट पाउनेछन्।
छुटअनुसार शनिबार ग्राहकले २ हजार ५ सय रुपैयाँमै स्विमिङ पुल र बफे ब्रन्चको मज्जा लिन सक्ने होटलका महाप्रबन्धक रोशन सापकोटाले जानकारी दिए।
साथै ग्राहकले सोही प्याकेजमा पूल, बार, स्न्याक्स तथा रेस्टुरेन्टको मज्जा लिन सक्नेछन्।
यस प्याकेजका लागि ग्राहकले प्रिबुकिङ अर्थात् जानुभन्दा अगाडि नै बुकिङ गर्न आवश्यक हुने सापकोटाले बताए।
स्विमिङ पुल रहेको सातौँ तलामा रेस्टुरेन्ट समेत छ। पुलसाइडको टेबलमा बसेर खाना तथा पेयको मज्जा लिन सकिनेछ।
4.1k
Shares
प्रतिक्रिया