प्रभु बैंक लिमिटेडले बुधबारदेखि बैतडीको दशरथचन्द नगरपालिका २ स्थित देहीमाण्डौमा ३०३औँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकको उक्त शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ।
बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ।
प्रभु बैंकका नेपालभर ३०३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर रहेका छन्।
33
Shares
प्रतिक्रिया