ad ad

कारोबार


बूढानीलकण्ठमा थपियो तारे होटल, लेमन ट्री प्रिमियरले पायो पाँचतारे मान्यता

बूढानीलकण्ठमा थपियो तारे होटल, लेमन ट्री प्रिमियरले पायो पाँचतारे मान्यता

नेपालखबर
जेठ ३१, २०८१ बिहिबार ११:५१, काठमाडौँ

बूढानीलकण्ठ लिमिटेडद्वारा सञ्चालित होटेल लेमन ट्री प्रिमियर बूढानीलकण्ठले पाँच तारे होटेलको मान्यता पाएको छ।

पर्यटन विभागले पाँच तारेको मापदण्ड पूरा गरेकाले होटललाई पाँच तारेको मान्यता दिएको हो।

होटेल लेमन ट्री गएको माघ १ गतेबाट सफ्ट लन्च भएर सञ्चालमा आएको हो। चार वर्षदेखि निर्माणाधीन यो होटलको कुल लागत २ अर्ब ६० करोड रहेको छ। लेमन ट्री भारतीय प्रसिद्ध ब्रान्ड हो। यसका विश्वका ८० देशमा १५० भन्दा बढी होटल छन्।

२ अर्ब ४० करोडमा निर्माण सम्पन्न गर्ने भनिए पनि कोरोना र आर्थिक मन्दीका कारण २० करोड लागत बढेको होटलका प्रबन्धसञ्चालक बाबुकाजी कार्कीले बताए।

१३ रोपनी क्षेत्रफलमा निर्माण भएको होटलमा १०२ कोठा छन्। होटलमा ५७ वटा ट्विन्स कोठा, ३३ वटा किङ कोठा, ६ वटा जुनियर सुइट रुम, ४ वटा बिजनेस सुइट रुम र २ वटा प्रेसिडेन्टल सुइट छन्। यी रुममा कुल १९० बेड छन्।

त्यस्तै, अल डे डाइनिङ रेस्टुराँ, स्पेसल रेस्टुरेन्ट, ३ वटा मिटिङ रुम, रुफ टप रेस्टुरेन्ट एन्ड बार, हेल्थ क्लब, १ सय ७७ वर्गमिटर र ३१४ वर्गमिटर गरी २ वटा बैंक्वेट हल छन्।

त्यसैगरी केही समयभित्र १८ हजार वर्गफिटको क्यासिनो हल पनि निर्माण भइरहेको जनाएको छ।

होटल सञ्चालकमा प्रबन्धसञ्चालक बाबुकाज कार्कीसहित अध्यक्षमा डा. राजेन्द्र केसी, अम्बिका पौडेल, हरिप्रसाद पाठक, सीए नवराज बुर्लाकोटी, सीए दीपक पाण्डे, जनक भट्ट, दीपेन्द्र श्रेष्ठ र जलेश्वर पाण्डे छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .