ad ad

कारोबार


सूर्यज्योति र हिमालयन लाइफ इन्स्योरेन्सले व्यतीत बिमालेख नवीकरणमा ३५ प्रतिशत छुट दिने

सूर्यज्योति र हिमालयन लाइफ इन्स्योरेन्सले व्यतीत बिमालेख नवीकरणमा ३५ प्रतिशत छुट दिने

नेपालखबर
असार ६, २०८१ बिहिबार १७:१७, काठमाडौँ

बिमालेख परिपक्व नहुँदै त्याग गर्ने बिमितको संख्या बढ्न थालेपछि धमाधम बिमा कम्पनीहरुले नविकरणमा छुट दिन थालेका छन् ।

समपर्ण नगरी बिमालेख त्याग्नेहरुका लागि बिमा कम्पनीहरुले नवीकरणमा छुट दिन थालेका हुन्। 

बिहीबार दुई कम्पनीले अधिकतम ३५ प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन्। 

हिमालयन लाइफ इन्स्योरेन्सले ३ वर्षको व्यतित भइसकेको बिमालेखमा शतप्रतिशत छुट दिँदा ३ वर्षदेखि ५ वर्षसम्मका लागि ३५ प्रतिशत, ५ वर्षदेखि ७ वर्षसम्मका लागि ३५ प्रतिशत र ७ वर्षमाथिका लागि २५ प्रतिशत छुट दिने घोषणा गरेको हो।

हिमालयनले २३ असारसम्मका बिमालेख नवीकरण गर्नेलाई उक्त छुट दिने निर्णय गरेको हो। 

यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्सले पनि असार २१ गतेसम्म व्यतित बिमालेखको पुनर्जागरण/नवीकरण गर्ने बिमितलाई नवीकरणबापतको शुल्कमा ३५ प्रतिशतसम्म छुट दिने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .