ad ad

राजनीति


बजेटप्रति प्रधानमन्त्री नै असन्तुष्ट रहेको पायौँ, अब उहाँले नै हस्तक्षेप गर्नुपर्छ : लेखक

बजेटप्रति प्रधानमन्त्री नै असन्तुष्ट रहेको पायौँ, अब उहाँले नै हस्तक्षेप गर्नुपर्छ : लेखक

नेपालखबर
असार ६, २०८१ बिहिबार १७:२०, काठमाडौँ

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै बजेटप्रति पूर्ण सन्तुष्ट नरहेको बताएका छन्। 

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन्। ‘प्रधानमन्त्रीजीले बजेटका बारेमा जुन असन्तुलित ढंगले बजेट वितरण गरिएको छ, यो बजेटको वितरण त्यति उचित छैन, यसलाई परिमार्जन गर्नुपर्छ भनेर बजेटमा विनियोजनमा समस्या रहेकोतर्फ राम्रैसँग संकेत गर्नुभयो,’ उनले भने।

लेखकले प्रधानमन्त्रीले नै बजेटप्रति असन्तुष्टि जनाएको भन्दै यसको परिमार्जनको विकल्प नभएको जिकिर गरे। ‘हामी आशा गरौँ, सरकारले बजेट परिमार्जन गर्नेछ,’ उनले भने, ‘जुनजुन मन्त्रालयमा बजेट असन्तुलित भएको छ, त्यो मन्त्रालयमा बजेट सन्तुलित गर्ने र यो परिमार्जन गर्नेकुरा जुन प्रधानमन्त्रीले भन्नुभएको छ, यो सकारात्मक कुरा हो।’

उनले प्रधानमन्त्रीले नै यसमा हस्तक्षेप गरेर बजेट परिमार्जन गर्नुपर्नेमा जोड दिए। संसद्‍मा बजेटमाथिको छलफल जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .