नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
आज अमेरिकी, युरो, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढ्दा पाउन्डसहित केही विदेशी मुद्राको मूल्य भने घटेको छ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १३४ रुपैयाँ १५ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८४ पैसा थियो।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ २८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ २३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८८ पैसा थियो।
आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७० रुपैयाँ २४ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७० रुपैयाँ ३७ पैसा थियो।
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ १२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५२ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८९ रुपैयाँ २८ पैसा थियो।
आजको लागि कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ६१ पैसा थियो।
त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ २९ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ५० पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०९ पैसा थियो।
हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची
Shares
प्रतिक्रिया