आज पनि सुनचाँदीकै मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक हजार नौ सय रुपैयाँ बढेको हो।
हिजो तोलामा १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज एक लाख ४४ हजार सात सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी तेजाबी सुनको मूल्य आज एक लाख ४४ हजार रुपैयाँ कायम भएको छ।
हिजो तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार १ सय रुपैयाँ थियो। गएको सोमबारदेखि बुधबारसम्म स्थिर रहेको सुनको मूल्य बिहीबार तोलामा ६ सय रुपैयाँ बढेको थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढेको छ।
हिजो प्रतितोला १ हजार ८४० रुपैयाँ रहेको चाँदीको मूल्य आज एक हजार आठसय ६५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।
6
Shares
प्रतिक्रिया