आज सुनको मूल्य तोलामै दुई हजार सात सय रुपैयाँ घटेको छ। मूल्य घटेर आज छापावाल सुन तोलाको एक लाख ४२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार छापावाल सुनको मूल्य एक लाख ४४ हजार सात सय थियो।
आज तेजाबी सुन एक लाख ४१ हजार तीन सयमा किनबेच भइरहेको छ। शुक्रबार तेजाबी सुनको मूल्य एक लाख ४४ हजार रुपैयाँ थियो।
आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँ घटेको छ। शुक्रबार एक हजार आठसय ६५ रुपैयाँमा किनबेच भएको चाँदीको मूल्य आज घटेर एक हजार ८ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
2.9k
Shares
प्रतिक्रिया