ad ad

कारोबार


गौतम अदानीको तलब ९ करोड २६ लाख भारु, अम्बानी र मित्तलको कति?

गौतम अदानीको तलब ९ करोड २६ लाख भारु, अम्बानी र मित्तलको कति?

नेपालखबर
असार ९, २०८१ आइतबार १७:८, काठमाडौँ

भारतका दोस्रो सबैभन्दा ठूला धनी गौतम अदानीले २०२४ मार्च ३१ मा सकिएको आर्थिक वर्षमा ९ करोड २६ लाख भारु तलब बुझेका छन्। 

जुन उनका अन्य समकक्षीको तुलनामा धेरै कम भएको भारतीय मिडियाले जनाएका छन्। अदानी समूहको १० सूचीकृत कम्पनीको वार्षिक रिपोर्टअनुसार बन्दरगाहदेखि ऊर्जा क्षेत्रमा कार्यरत समूहको १० मध्ये केवल दुई फर्मबाट मात्रै उनले तलब लिएका थिए।

समूहको प्रमुख कम्पनी अदानी इन्टरप्राइजेज लिमिटेडबाट २०२३/०२४ मा उनले तलबको रुपमा २.१९ करोड भारु र अन्य भत्ताको रुपमा २७ लाख भारु लिएका छन्। 

एईएलको वार्षिक प्रतिवेदनअनुसार २.४६ करोड भारुको उनको कुल तलबबाट पछिल्लो वर्ष २०२२/२३ को तुलनामा ३ प्रतिशत धेरै हो। यसबाहेक अदानी पोर्ट्स एन्ड एसईजेट लिमिटेडबाट ६.८ करोड भारु तलब मिलेको बताइएको छ। 

अन्य तुलनामा धेरै कम 
अदानीको तलब भारतका अन्य सबै ठूलो घरानाको स्वामित्व रहेका समूहहरुको प्रमुखको तुलनामा कम हो।

भारतका सर्वधनाढ्य मुकेश अम्बानी कोभिड १९ पनि कुनै तुलब लिएका छैनन्। यसअघि उनको वार्षिक तलब १५ करोड भारुसम्म थियो।

अदानीको तलब दूरसञ्चार क्षेत्रका सुनील मित्तल (२०२२/२३ मा १६.७ करोड), राजीव बजाज (५३.७ करोड), पवन मुंजाल (८० करोड), एलएन्डटीका प्रमुख एसएन सुब्रह्मण्यन र इन्फोसिसका सीईओ सलिल एस पारेखको भन्दा कम रहेको छ। नवभारत टाइम्सबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .