ad ad

कारोबार


डेडिकेटेड र ट्रंकलाइन : १५ दिनभित्र बक्यौता तिर्न उद्योगीलाई प्राधिकरणको पत्र

डेडिकेटेड र ट्रंकलाइन : १५ दिनभित्र बक्यौता तिर्न उद्योगीलाई प्राधिकरणको पत्र

नेपालखबर
असार १०, २०८१ सोमबार १८:१, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट उद्योगहरुले उपभोग गरेको बिजुलीको बक्यौता महशुल तिर्न उद्योगीलाई पत्र काटेको छ। 

विभिन्न उद्योगहरुलाई प्राधिकरणले पठाएको पत्रमा २०७२ माघदेखि ०७५ वैशाखसम्मको डेडिकेटेड तथा ट्रंकलाइनको महशुल दर थप दस्तुरसहित १५ दिनभित्र पठाउन भनिएको छ। 

प्राधिकरणको वितरण केन्द्र प्रमुखहरुले सम्बन्धित उद्योगहरुले पत्र पठाएका छन्। पत्रमा तोकिएको म्यादभित्र महशुल नबुझाए कानुनअनुसार कारबाही हुने चेतावनी पनि दिइएको छ। 

मन्त्रिपरिषदको निर्णयअनुसार यही असार ४ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले अन्य अवधिको महशुल सम्बन्धमा सर्वोच्च अदालतले निर्णय भएबमोजिम हुने भएकाले हाललाई ०७२ माघदेखि ०७५ वैशाखसम्मको महशुल दरअनुसारको थप महशुल बुझाउन भनिएको छ। 

प्राधिकरणले अर्घाखाँची सिमेन्टलाई ४४ करोड ८६ लाख ८ हजार ५ सय ६६ रुपैयाँ तथा जगदम्बा स्टिललाई १ अर्ब ६० करोड १८ लाख ४३ हजार १ सय २५ रुपैयाँ तिर्न १५ दिनको समय दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .