ad ad

कारोबार


एसईईको नतिजा अब एनसेल एपमा पनि हेर्न सकिने

एसईईको नतिजा अब एनसेल एपमा पनि हेर्न सकिने

नेपालखबर
असार ११, २०८१ मंगलबार ११:४७, काठमाडौँ

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अब एनसेल एपमार्फत हेर्न सकिने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार सूचना प्रकाशन गर्दै एसईई २०८० को नतिजा एनसेल एपबाट पनि हेर्न सकिने जानकारी दिएको हो।
 
एनसेल एपको होम स्क्रिनमा गई एसईई रिजल्टमा ट्याप गरेर परीक्षार्थीको सिम्बोल नम्बर र जन्म मिति सबमिट गरेर नतिजा हेर्ने सकिनेछ।

बोर्डले नतिजा प्रकाशन गर्न अन्तिम तयारी गरिरहेको छ।
 
बोर्डले नतिजा प्रकाशित भएसँगै सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको छ।

२०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण अनुमति पाएका वेबसाइट, एसएमएस र आईभीआर सेवाबाट पनि लिन सकिने बोर्डले जनाएको छ।

गत चैत १५ गतेदेखि सञ्चालित एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ जना विद्यार्थी सहभागी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .