नेपाली कांग्रेसका सांसद विनोद चौधरीले यसपटक प्राथमिकतामा गण्डक परियोजनालाई राखेको बताएका छन्।
हरेक वर्ष हुने डुबान र कटानका कारण स्थानीय नागरिकले पाउने सास्तीको दीर्घकालीन समाधान गर्न उनले सरोकारवाला निकायसँगको छलफललाई पनि तीव्रता दिएका छन्।
बाढी र डुबानलगायत प्राकृतिक प्रकोपको सामना गर्न पूर्वतयारी अवस्थामा रहन प्रशासनलगायत सम्पूर्ण निकायलाई आग्रह गरेको उनले बताए।
‘हाम्रो निरन्तरको पहलपछि सरकारले पनि गण्डक परियोजना कार्यान्वयका लागि बजेट विनियोजन गरेको छ’, सामाजिक सञ्जाल ट्विटरमा उनले भनेका छन्, ‘अब यो परियोजना कार्यान्वयन चरणमा गएको छ। यसलाई सार्थक बनाउन हामी सबैको पहल र तदारुकता आवश्यक छ।’
सांसद चौधरीले हरेक पटक निर्वाचन क्षेत्र पुग्दा जिल्लाको विकास निर्माणका कामबारे सरोकारवाला निकाय र सामूहिक रुपमा समीक्षा गर्दै आएको उल्लेख गरे।
‘यसले गर्दा विकासका काममा कुनै अवरोध भए तत्कालै निकासका लागि पनि पहल गर्न सहज हुने गरेको मेरो अनुभव छ’, उनले भने।
०७९ को प्रतिनिधिसभा निर्वाचनमा चौधरी पश्चिम नवलपरासी १ बाट विजयी भएका थिए।
म हरेक पटक निर्वाचन क्षेत्र पुग्दा जिल्लाको विकास निर्माणका कामका बारेमा सरोकारवाला निकायहरुसँग सामूहिक रुपमा समिक्षा गर्दै आएको छु । यसले गर्दा विकासका काममा कुनै अवरोध भए तत्कालै निकासका लागि पनि पहल गर्न सहज हुने गरेको मेरो अनुभव छ । यसपटक पनि हामीले विविध विषयमा छलफल गरेका… pic.twitter.com/5m5Mw6Yfda
— Binod Chaudhary (@BinodKChaudhary) June 25, 2024
Shares
प्रतिक्रिया