ad ad

कारोबार


१८६ कम्पनीका लगानीकर्ताले गुमाए, ४ अर्बको कारोबारमा कमाउने को?

१८६ कम्पनीका लगानीकर्ताले गुमाए, ४ अर्बको कारोबारमा कमाउने को?

नेपालखबर
असार १२, २०८१ बुधबार १६:०, काठमाडौँ

सेयरबजारमा आज १८६ कम्पनीको मूल्य घटेको छ। 

४ अर्ब ५ करोड रुपैयाँको सेयर कारोबार भएको दिन उक्त संख्यामा रहेका कम्पनीको सेयर मूल्य ओरालो लागेको हो। 

नेपाल स्टक एक्सचेन्जका अनुसार आज सूचक ११.६० अंकले घटेर २०६०.१६ विन्दुमा झरेको छ। आजको कारोबारमा ५७ वटाको मात्रै सेयर मूल्य बढ्दा ३ वटाको अघिल्लो मूल्यमै कारोबार भयो। 

आज लगानीकर्ताले ६.३८ प्रतिशतसम्म गुमाएको नेप्सेले जनाएको छ। साधना लघुवित्तका सेयरधनीले उक्त दरले घट्दा ८२.८० रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरे। त्यसबाहेक हिमालय ऊर्जा विकास, मध्य सोलु हाइड्रोपावरलगायतका कम्पनीका सेयरधनीले पनि नोक्सानी व्यहोरे। 

यता नेपाल फाइनान्सका सेयरधनीले भने ९.८७ प्रतिशत प्रतिसेयर आम्दानी गरे। कम्पनीको सेयर ९२.८० रुपैयाँ प्रतिकित्ता दरले बढेको छ। 

आज नेपाल फाइनान्स १६ करोड ४६ लाख, गुडविल फाइनान्स १५ करोड १६ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १३ करोड बढीको कारोबार हुँदा कुल कारोबार रकम ४ अर्ब ५ कराड ८० लाख रुपैयाँ पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .