ad ad

कारोबार


नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा गोल्छा, को को छन् कार्यसमितिमा?

नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा गोल्छा, को को छन् कार्यसमितिमा?

नेपालखबर
असार १६, २०८१ आइतबार १७:११, काठमाडौँ

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौंको छैठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

होटल याक एन्ड यति काठमाडौंमा आयोजित सभाले अभिमन्यु गोल्छा र कार्यसमितिका सदस्यहरूलाई चयन गरेको मञ्चले जनाएको छ। 

प्रार्थना साख:को अध्यक्षता समापन भएको सभामा नवनिर्वाचित अध्यक्ष गोल्छा र कार्यसमिति सदस्यहरूको टोलीलाई परिचय गराइएको थियो।

साख:को नेतृत्वमा मञ्चले युवा र महिला उद्यमशीलता प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ। मुख्य कार्यक्रमहरूमा एनवाईईएफ स्टार्टअप अवार्ड, महिला उद्यमीहरूको सम्मान कार्यक्रम, एनवाईईएफ जुनियर उद्यमशीलता कार्यक्रम र विभिन्न नेटवर्किङ कार्यक्रमहरू सामेल थिए। 

एनवाईईएफ काठमाडौंले साखलाई उनको असाधारण नेतृत्व र समर्पणको लागि धन्यवाद व्यक्त गरेको छ।

सभामा नव-निर्वाचित अध्यक्ष अभिमन्यु गोल्छाले आफ्नो भूमिकामा व्यापक अनुभव ल्याउने बताए। उनले संगठनको उत्कृष्टताको परम्परालाई निरन्तरता दिने बताए।

उनी गोल्छा समूहका कार्यकारी निर्देशक हुन्। 

को को छन् कार्यसमितिमा?
•    प्रार्थना साखा – तत्कालीन अध्यक्ष
•    आप्पा शेर्पा - पहिलो उपाध्यक्ष
•    अनुभाव श्रेष्ठ - दोस्रो उपाध्यक्ष
•    क्षितिज तामाङ - कार्यसमिति सदस्य
•    इच्छा मल्ल - कार्यसमिति सदस्य
•    निर्दोष द्वा - कार्यसमिति सदस्य
•    सौरभ श्रेष्ठ - कार्यसमिति सदस्य
•    वेदिका मुरारका - कार्यसमिति सदस्य
•    सन्दीप शर्मा - कार्यसमिति सदस्य
•    सुरक्षा अधिकारी - कार्यसमिति सदस्य
•    सन्तोष पाण्डे - कार्यसमिति सदस्य
•    निखिल अग्रवाल - कार्यसमिति सदस्य

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .