धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति विवाद न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासमा पुगेको छ।
बोर्डका अध्यक्षका प्रतिस्पर्धी सन्तोष नारायण श्रेष्ठले दायर गरेको रिटमा असार १८ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
सो इजलासले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने सिफारिस समितिको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिले यसअघि अध्यक्षका लागि ५ जना छनौट गरेको थियो। यसमा समितिले दुई पटक अन्तर्वार्ता गर्दा पनि छनौटमा परेका तीन जना उम्मेदवार उपस्थित भएनन्।
धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र व्यवसायी सन्तोष नारायण श्रेष्ठ उपस्थित थिए। धितोपत्र ऐनअनुसार सिफारिस समितिले कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था भएपछि अर्थ मन्त्रालयले प्रक्रिया नै खारेज गरेर नयाँ समिति गठन गरेको छ।
आकांक्षी श्रेष्ठले पुरानै प्रक्रियाअनुसार सिफारिस हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
Shares
प्रतिक्रिया