ad ad

कारोबार


‘आयात प्रतिबन्धको नीति मौद्रिक नीतिमार्फत सच्याउन आवश्यक’

‘आयात प्रतिबन्धको नीति मौद्रिक नीतिमार्फत सच्याउन आवश्यक’

नेपालखबर
असार २४, २०८१ सोमबार १९:३७, काठमाडौँ

नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले कोभिडपछि राष्ट्र बैंकले लिएको आयात प्रतिवन्धको नीति आगामी मौद्रिक नीतिमार्फत करेक्शन गर्न आवश्यक रहेको बताएका छन्।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बोल्दै सांसद चौधरीले यस्तो बताएका हुन्।

उनले मुलुकको बाह्य अर्थतन्त्र कमजोर बन्दै गएको अवस्थामा नियन्त्रण गर्नको लागि आयातमा राष्ट्र बैंकले लगाएको नीतिमा परिमार्जन गर्न ठिक समय आएको बताए।

सांसद चौधरीले उक्त नीतिको कारण मुलुका आयात नबढ्दा राजश्व लगायत क्षेत्रमा असर परेको दाबी पनि गरे। उनले अर्थतन्त्रको वाह्य क्षेत्र परेको असर कम गर्न अन्य देशले गर्न नसकेको काम राष्ट्र बैंकले गरे पनि समय अनुुसार करेक्शन गर्न नसकेको बताए।

‘मुलुकको बाह्य अर्थतन्त्र कमजोर बन्दै गएको अवस्थामा नियन्त्रण गर्नको लागि आयातलाई प्रतिबन्ध लगायो। जसमा कयौं आइटमहरुलाई प्रतिबन्ध लगायो। त्यो सही समय थियो’ उनले भने, ‘राष्ट्र बैंकले त्यो समयलाई करेक्सन गर्ने समय आएको छ। त्यो करेक्सन नहुनाको कारणले आयात नबढेको हो। करका कुरा पनि हुनसक्छन्। आयात कम्पेटेटिभ नभएको पनि हुनसक्छ।’

उनले उक्त नीतिको कारण राजश्व १० अर्बबाट निरन्तर ओरालो लागेको बताए। यसले गर्दा अप्रत्यासित रुपमा सरकारको आन्तरिक ऋण समेत बढ्दै गएको उल्लेख गरे।

उनले बैंकको कर्जा सबै अनउत्पादन क्षेत्रमा लगानी हुँदा रोजगारी सिर्जना समेत हुन नसकेको बताए। पछिल्लो समय साना तथा घरेलु उद्योगहरु सबै भन्दा बढी प्रभावित र विस्थापित भएको सांसद चौधरीले उल्लेख गरे।

उनले मौद्रिक नीति लगानी, माग वृद्धि,पुँजी चलायमान बनाउने मुख्य माध्यम भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .