ad ad

राजनीति


पश्चगामी सोचका साथ संविधान संशोधन गर्न खोजे प्रतिवाद गर्छौं : सांसद सापकोटा

पश्चगामी सोचका साथ संविधान संशोधन गर्न खोजे प्रतिवाद गर्छौं : सांसद सापकोटा

नेपालखबर
असार २४, २०८१ सोमबार १९:५४, काठमाडौँ

नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादी केन्द्रले सशक्त प्रतिवाद गर्ने बताएका छन्।

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद सापकोटाले धर्म निरपेक्षता र समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली वर्तमान संविधानको सुन्दरता भएको बताएका हुन्।

उनले संविधानको यो सुन्दरता विपरित गएर संविधान संशोधन हुन नसक्ने बताए। उनले पश्चगामी सोचाइका साथ संविधान संशोधनमा गिद्धेनजर लगाइए माओवादी केन्द्रले संसद र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिए।

कांग्रेस–एमालेले संविधानको सुन्दरतामाथि प्रहार गरेमा सम्बन्धित जाति, समुदाय, क्षेत्र, लिङ्ग र वर्गले प्रतिवाद गर्ने र त्यसको नेतृत्व माओवादी केन्द्रले गर्ने बताए।

जनताका अधिकारहरुलाई सुदृढ गरेर र समयानुकुल परिवर्तन गरेर संशोधन गर्ने कुरामा भने माओवादी सहमत रहने बताए।

उनले भने, ‘पश्चगामी सोचाईका साथ उहाँहरु संविधान संशोधनमा गिद्धेनजर लगाउन थाल्नुभएको हो भने त्यसको संसद र सडकबाट पनि हामीले प्रतिवाद नगरेपनि सम्बन्धित अधिकार प्राप्त गरेका जाति, समुदाय, क्षेत्र, लिङ्ग, वर्गले प्रतिवाद गर्छ। त्यसबेला त्यसको नेतृत्व हामीले गर्नैपर्छ।’

उनले प्रधानमन्त्रीले संवैधानिक अधिकार प्रयोग गरेर विश्वासको मत लिने बताए। प्रधानमन्त्रीले विश्वासको मत लिन संविधानमा भएको व्यवस्थालाई लोकतान्त्रिक ढंगले अभ्यास गर्न लागेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .