ad ad

कारोबार


लेखा समितिले प्रश्न उठाएपछि धितोपत्र बोर्डले रोक्यो रिलायन्स स्पिनिङको आईपीओ

लेखा समितिले प्रश्न उठाएपछि धितोपत्र बोर्डले रोक्यो रिलायन्स स्पिनिङको आईपीओ

नेपालखबर
असार २६, २०८१ बुधबार १५:१, काठमाडौँ

संसदको सार्वजनिक लेखा समितिले प्रश्न उठाएपछि नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्काशन तत्कालका लागि रोकेको छ। 

बोर्डले रिलायन्सको प्राथमिक सार्वजनिक निष्काशन स्थगित गरेको हो। 

मंगलबार सार्वजनिक लेखा समितिले बोर्ड र आईपीओ निष्काशन गर्ने रिलायन्स दुवैलाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणपछि बोर्डको बैठकले अर्को निर्णय नहुन्जेलका लागि निष्काशन प्रक्रिया नै स्थगित गरेको हो। 

कम्पनीले बुक बिल्डिङ विधिमार्फत प्रतिकित्ता ८ सय २० रुपैयाँ ८० पैसामा आईपीओ निष्काशन अनुमति पाएको थियो। असार १२ गते बोर्डले निष्काशनको अनुमति दिएपछि पहिलो चरणमा असार २७ गते वैदेशिक रोजगारीमा गएकाहरुका लागि आईपीओ निष्काशन गर्ने कम्पनीको योजना थियो। 

तर कम्पनीले तथ्यांकमा छेडखानी गरेर आईपीओ निष्काशन गरेको आवाज उठेपछि त्यसमा लेखा समितिले प्रश्न उठाएको थियो। जवाफ मागेपछि बोर्डले आईपीओ निष्काशन अर्को निर्णय नहुन्जेलसम्मका लागि रोक्ने निर्णय गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .